भारतको बिहारमा ५३ जनाको डुबेर मृत्यु
१६ काक्तिक, एजेन्सी । छठ स्नानका क्रममा डुबेर भारतमा ५३ जनाको मृत्यु भएको छ ।
हिन्दु धर्मावलम्बीहरूको चार दिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा गएका पुजा गर्ने क्रममा भारतको पूर्वी राज्य विहारका विभिन्न स्थानमा डुबेर ५३ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएको छन् ।
छठको अन्तिम दिन सोमबार १८ जना डुबेका थिए यस्तै, मृतकका परिवारलाई क्षतिपूर्तिस्वरुप राज्यकोषबाट ४ लाख उपलब्ध गराउने विहारका मुख्यमन्त्री नीतिशकुमारले घोषणा गरेका हुन् । एजेन्सी






