भारतका ‘स्टील म्यान’ जे इरानीको निधन
द नेपाल मिडिया
१५ कार्तिक २०७९, मंगलवार १६:०३
१५ काक्तिक, एजेन्सी । भारतको ‘स्टील म्यान’ भनेर चिनिने जमशेद जे इरानीको निधन भएको छ ।
८५ वर्षीय जे इरानीको सोमबार राति निधन भएको छ । भारतको जमशेदपुरको टाटा अस्पतालमा उपचारकै क्रममा इरानीको निधन भएको टाटा स्टिलले जनाएको छ ।
उनको निधनमा टाटा स्टिलले दु:ख व्यक्त समेत गरेको छ । यस्तै, ४ दशक भन्दा बढी समयदेखी ईरानीको टाटा स्टिलसँग आबद्धता रहेको थियो ।






