भारतमा थपिए ५८ हजारभन्दा बढी संक्रमित

   २१ पुष २०७८, बुधबार १२:०२  

२१ पुस, एजेन्सी । भारतमा यो अवधिमा ५८ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५८ हजार ९७ नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै भारतमा संक्रमणदर पनि ४.१८ प्रतिशतमा पुगेको छ। भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि २ लाख १४ हजार पुगेको छ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ५३४ जनाको मृत्यु भएको छ। विशेषगरी भारतको मुम्बई र दिल्लीमा व्यापक मात्रामा संक्रमण देखिएको छ।

दिल्लीमा कोरोना संक्रमण बढेको भन्दै साताको दुई दिन लकडाउन गरिएको छ।

त्यस्तै मुम्बईले पनि यही गतिमा संक्रमण बढेको अवस्थामा लकडाउन हुन सक्ने समेत चेतावनी दिएको छ ।