आजदेखि नयाँ दिल्लीमा रात्रिकालीन कफ्र्यु जारी

   १२ पुष २०७८, सोमबार १३:१२  

१२ पुस, एजेन्सी । कोरोना संक्रमितको संख्या पुन: बढेको कारण भारतको नयाँ दिल्लीमा आज रात्रिकालीन देखि कफ्र्यु हुने भएको छ ।

मिडिया रिपोर्टका अनुसार दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यु लगाउने निर्णय गरेको हुन् ।

नजिकिंदो नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट संक्रमण झन् बढी नफैलियोस् भनेर रात्रिकालीन कफ्र्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।