ओमिक्रोन कारण अमेरिकामा कयौं विमान स्थागित

   १० पुष २०७८, शनिबार १५:१७  

१० पौष, रौतहट । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढेपछि अमेरिकामा सयौं उडानहहरु स्थागित भएका छन् ।

क्रिसमस मनाउन अन्य स्थानका लागि टिकट लिएकाहरुले ओमिक्रोन त्रासका कारण उडान स्थागित गरेपछि हवाइ कम्पनीहरु मारमा परेका छन् । शुक्रबार मात्र विश्वभर ४ हजार उडानहरु स्थागित भएका छन् ।

जसमा सवै भन्दा बढी अमेरिकी उडानहरु स्थागित भएको बीबीसीमा समाचार छ । अमेरिकामा पनि ओमिक्रोनको संक्रमण बढदै गएको छ । दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन हाल विश्वका अधिकांश मुलुकमा फैलिसकेको छ ।