कोसोभोले डेनमार्कलाई कारागार भाडामा उपलब्ध गराउने
७ पुस, रौतहट । कोसोभोले डेनमार्कलाई ३ सय वटा कारागार भाडामा उपलब्ध गराउने सहमति गरेको छ । स्क्यान्डिभियन मुलुक डेनमार्कका कारगारहरुमा क्षमता भन्दा बढि कैदी भरिन थालेपछि यो कदम चालिएको हो ।
डेनमार्कले शुरुका पाँच वर्षका लागि बार्षिक शुल्क १ करोड ५० लाख युरो तिर्ने भएको छ । यसको साथै डेनमार्कले कोसोभोलाई हरित ऊर्जाका लागि आवश्यक आर्थिक सहयोग गर्ने पनि बचन दिएको छ ।
ति भाडामा लिइएका कारागारहरुमा गैर युरोपेली मुलुकहरुका अभियुक्त ठहर भएका अपराधिहरुलाई कैद भुक्तानपछि सम्बन्धित मुलुकमा सुपुर्दगीका लागि राखिने बताइएको छ । तर सम्पूर्ण कारागारमा डेनिस कानुन लागु हुने छ ।
कोसोभोमा ७ देखि ८ सय वटा प्रयोग नगरिएका कारगार रहेका छन् ।
दुवै मुलकका सरकारले एउटा ‘राजनीतिक घोषणपत्र’ मा हस्ताक्षर गरिसकेकाछन् । डेनिस मन्त्रीहरुको ति कारगारमा भ्रमण गर्ने योजना छ ।
यसैबीच कोसोभोका न्यायमन्त्री अल्वुलेना हासिउले कोसोभोमा पठाइने कैदीहरु उच्च जोखिमयुक्त नहुने बताएका छन् । उनका अनुसार अत्यन्तै भयानक अपराधमा मुछिएका तथा डरलाग्दो रोगका शिकार कैदीलाई कोसोभाका कारगारमा पठाइने छैन ।






