आँधी कारण फिलिपिन्समा ३७५ जनाको मृत्यु
द नेपाल मिडिया
६ पुष २०७८, मंगलवार १३:२७
६ पुस, रौतहट । फिलिपिन्समा गत बिहीबार आएको आँधीमा मृत्यु हुनेको संख्या ३७५ पुगेको छ ।
‘सुपर टाइफुन राई’ आँधीका कारण ज्यान गुमाउनेको संख्या ३७५ पुगेको बीबीसीले जनाएको छ ।
आँधीमा कम्तीमा ५०० जना घाइते भएका छन् । अझै ५६ जना बेपत्ता छन् ।






