बाढीका कारण ८ जनाको मृत्यु
६ पुस, रौतहट । मलेसियामा गत शुक्रबारदेखि निरन्तर भइरहेको वर्षाका कारण आएको बाढीमा ८ जनाको मृत्यु भएको छ ।
लगातार भइरहेको अविरल वर्षाका कारण कयौं विस्तापित भएका छन् । प्रभावकारी ढंगले उद्दार नगरेको भन्दै विपक्षी दलले त्यहाँको सरकारको कडा आलोचना समेत गर्ने सुरु गरेको छ ।
बाढीका कारण त्यहाँका बिजुली, टेलिफोन लगायत आपतकालिन सेवाहरु अवरुद्द भएका छन् । बढीको कारण मलेसियाको सेलाङ्गार क्षेत्र सबै भन्दा प्रभावित भएको छ ।
सो क्षेत्रमा कम्तीमा २१ हजार भन्दा बढी स्थानीय विस्थापित भएको अन्तराष्ट्रिय समाचार माध्यमहरुमा छापिएको छ ।






