भारतीय प्रधानमन्त्री मोदीलाई भुटानको सर्वोच्च नागरिक सम्मान
२ पुस, रौतहट । भुटानले आफ्नो सर्वोच्च नागरिक सम्मानबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्मानित गर्ने भएको छ ।
भुटानको प्रधानमन्त्रीको फेसबुक पेजमा जारी एक सूचनामा भनिएको छ, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सर्वोच्च नागरिक सम्मान ‘नगादाग पेल गी खोरलो’ बाट सम्मानित गर्ने खबर सुन्ना खुसी लागेको छ ।’ भुटानको प्रधानमन्त्री कार्यालयले यसको पुष्टी गरेको हो ।
यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको बेला भारतले गरेको सहयोग पनि स्मरण गरिएको समेत सूचनामा उल्लेख गरिएको छ ।






