अमेरिकाको दैनिक मृत्युदरमा वृद्धि

   २३ मंसिर २०७८, बिहीबार १६:०९  

२३ मंसिर, रौतहट । अमेरिकाको संघीय सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो हप्तामा कोरोना सङ्क्रमणबाट दैनिक मृत्यु हुनेको औसतमा ५७ प्रतिशतले वृद्धि भएको छ ।

तथ्याङ्क अनुसार अब प्रतिदिन लगभग १ लाख तीन हजारभन्दा बढी नयाँ केसहरू देखिएका छन् । जुन पछिल्लो हप्तामा १९ प्रतिशतले वृद्धि भएको छ र अक्टोबरको अन्त्यदेखि ६२ प्रतिशतले बढेको छ।

यसैबीच ओमिक्रोन भेरियन्ट अब कम्तिमा २० अमेरिकी राज्यहरूमा फेला परेको छ।