रूसले आफ्नो सेनाको संख्या बढाउने

   १० भाद्र २०७९, शुक्रबार १३:१४  

१० भदौँ, एजेन्सी । रुसले सेनाको संख्या बढाएको छ । युक्रेनविरूद्ध युद्ध सुरू गरेको रूसले आफ्नो सेनाको संख्या १० प्रतिशतले बढाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी महिनाभित्र देशको सशस्त्र बलमा थप १ लाख ३७ हजार सैन्य कर्मचारी भर्ती गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

अहिले रुसमा १० लाखभन्दा बढी सैन्य कर्मचारी र करिब नौ लाख नागरिक कर्मचारी छन् । पछिल्लो समय रूसले देशभर ठूलो नगद प्रोत्साहनसहित सैन्य भर्ती अभियान तीव्र पारिरहेको छ ।

बिबिसीका अनुसार रूसी राष्ट्रपतिको कार्यालयले रसियन भाषामा प्रकाशित गरेको आदेश अनुसार रूसी सङ्घको सशस्त्र बलको सङ्ख्यात्मक आकार ११ लाख ५० हजार ६ सय २८ सैन्य कर्मचारीसहित २० लाख ३९ हजार ७५८ मा सीमित गरिनुपर्ने प्रावधान छ।हालको सैन्य कर्मचारीको सीमा १० लाख १३ हजार ६२८ तय गरिएको छ । एजेन्सी