आरोपी ठहर गर्दै आङ सान सुकीलाई थप छ वर्ष जेल
३१ साउन, एजेन्सी । म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई थप ६ वर्ष जेल सजाय तोकिएको छ ।
भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै सोमबार सुकीलाई थप ६ वर्ष जेल सजाय हुने भएको छ । आङ सान सुकीलाई आफ्नो पदको दुरुपयोग गरी सार्वजनिक जग्गा बजारभन्दा कम मूल्यमा भाडामा लिएको आरोप लगाइएको छ ।
७७ वर्षीया सुकीलाई सन् २०२१ को फेब्रुअरीमा सेनाले म्यानमारमा सत्ता कब्जा गरेपछि देशद्रोह, भ्रष्टाचार र अन्य आरोपमा ११ वर्षको जेल सजाय सुनाएको थियो ।
उनलाई थप छ वर्षको जेल सजाय दिइने अल जजीराले एक कानूनी अधिकारीलाई उद्धृत गर्दै जानकारी दिएको छ । तर, आङ सान सुकीले सबै आरोप अस्वीकार गरेकी थिइन् । एजेन्सी






