निरन्तर भएको वर्षाका कारण सुडानमा ५२ जनाको मृत्यु

   ३० श्रावण २०७९, सोमबार १३:३८  

३० साउन, एजेन्सी । भीषण वर्षका कारण सुडानमा ५२ जनाको मृत्यु भएको छ ।

केही दिनयता भइरहेको निरन्तर वर्षाका कारण आएको बाढीमा परेर आइतबार गएरातिसम्म ५२ जनाको मृत्यु भएको सुडानका रक्षा मन्त्रालयले जानकारी दिएको छ । यहाँको उत्तरी कोरदोफान राज्यमा बाढीको आएकोले छ ।

उत्तरी र मध्य सुडानमा भएको भारी वर्षाको कारण यहाँको २ सय १९ हेक्टर कृषियोग्य जमिनमा समेत क्षति पुगेको छ । बाढीको कारण सुडानको ५ हजार भन्दा बढी घर समेत प्रभावित भएको छ ।

बाढीमा फसेकाहरुलाई उद्धारका लागि सरकारले प्रहरी, सेना तथा अन्य उद्धारकर्मीहरु परिचालन गरेको छ । दुई दिनदेखि वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन भनिएको छ ।

यहाँ गएको जुन महिनादेखि नै वर्षा भइरहेको र मानवीय क्षति हुन थालेको बताइएको छ । एजेन्सी