आज पुन:मुख्यमन्त्री पदको शपथ लिदैँ नितिशकुमार
२५ साउन, एजेन्सी । भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले आज आठौँ पटक मुख्यमन्त्री पदको शपथ दिने भएका छन् ।
भाजपा गठबन्धनबाट परित्यागको घोषणा गर्दे नितिश कुमारले मंगलबार राजीनामा दिएका थिए । भारतीय सञ्चार माध्यमका अनुसार आज दिउँसो २ बजे नितिशले मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम रहेको छ ।
भारतीय सञ्चारमाध्यका अनुसार उनले तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दलसहित सात दलहरूसँग मिलेर नयाँ सरकार बनाउने दाबी पेस गरेका थिए। यी सात दलको साझेदारीले दुई सय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ । एजेन्सी






