अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सँख्या एक लाख ३० हजार नाघ्यो

   २३ असार २०७७, मंगलवार ०९:०९  

असार २३, रौतहट । कोरोना भाईरस (कोभिड १९)का माहामारीका कारण विश्वको सबैभन्दा प्रभावित मुलुक बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप ३ सय २५ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको सँख्या एक लाख ३० हजार ३०६ पुगेको  छ ।
अमेरिकामा अहिलेसम्म कोरोना भाईरसका कारण संक्रमित हुनेको सँख्या २९ लाख ३८ हजार ६२४ पुगेको छ । भने पछिल्लो २४ घण्टामा मात्र थप ४४ हजार ९५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा पछिल्लो केही समययता कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ । अमेरिकाको न्युयोर्क सबैभन्दा प्रभावित राज्य बनेको छ, त्यस पछि, दोस्रो स्थानमा क्यालिफोर्निया रहेको छ, भने टेक्सास तेस्रो स्थानमा आइपुगेको छ ।

कोरोना भाइरसका नयाँ संक्रमित बढेसँगै फ्लोरिडा, टेक्सास र एरिजोनालगायतमा पुनः लकडाउन घोषणा गरिएको थियो ।