गरुडा नगरपालिकाका मेयरको छोराको गाडी कान्तिपुर पब्लीकेशन अगाडी पार्किङ्ग

   २९ असार २०८३, सोमबार १५:४६  

२९ असार, रौतहट । कान्तिपुर पब्लिकेशन अगाडी शंकास्पद रुपमा पार्किङ्ग गरि राखिएको गाडि रौतहटको गरुडा नगरपालिकाको मेयर कन्थमणी प्रसाद कलवार (जयसवाल) को छोराको रहेको छ ।

कान्तिपुर पब्लिकेशनमा पार्किङ गरिएको बा.प्रदेश–०१–०३४ च ८४८० नम्बरको जिप सानीमा बैंकको नाममा देखिएको छ । रवि जयसवालको नाममा रहेको सो गाडी उनले कुनै साथीलाई दिएको र साथीले नै कान्तिपुर पब्लिकेशन अगाडि पार्किङ गरेको श्रोतले जनाएको छ ।

कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर राखेको गाडी दिउसो ट्राफिक प्रहरीले क्रेनको सहायताले हटाएको छ ।

सञ्चारमाध्यमको गेटमा शङ्कास्पद रूपमा पार्किङ गरिएको गाडीहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अनलाइन खबरको गेटमा राखिएको बा.१२ च ८५४५ नम्बरको कार सुनिल पौडेलको नाममा रहेको भेटिएको छ । यातायात व्यवस्था विभाग स्रोतका अनुसार पौडेलको ठेगाना काठमाडौँ उल्लेख छ ।