भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो
भदौ १, रौतहट । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनको संख्या ५० हजार नाघेको छ ।
त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ सय ४१ जनाको मृत्यु भएसँगै मृतकको संख्या ५० हजार ९ सय २१ पुगेको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ५७ हजार ९ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार ६ सय ६३ पुगेको छ ।कोरोना पुष्टि भएकामध्ये भारतमा निको हुनेको संख्या १९ लाख १९ हजारभन्दा बढी रहेको छ ।
कोरोना भाइरसबाट सबैभन्दा प्रभावित महाराष्ट्र राज्यमा संक्रमितको संख्या ५ लाख ९५ हजारभन्दा बढी नाघेको छ । महाराष्ट्रमा मात्रै कोरोनाबाट २० हजारभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै महाराष्ट्रमा थप ११ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएको छ भने थप २ सय ८८ जनाको मृत्यु भएको छ ।यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशमा गरी कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड १६ लाखभन्दा बढी नाघेको छ ।
त्यस्तै कोरोनाबाट अहिलेसम्म करिब ७ लाख ७५ हजारको मृत्यु भएको छ । कोरोना पुष्टि भएकामध्ये अहिलेसम्म एक करोड ३६ लाखभन्दा बढी निको भएका छन्