एसीसी प्रिमियर कपः ओमानविरुद्ध टस हारेर नेपाल पहिले ब्याटिङमा

   २५ भाद्र २०८३, बिहीबार ०९:३१  

२५ भदौ,  काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले सेमिफाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको बायुमास क्रिकेट ओभलमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

ओमानका कप्तान विनायक शुक्लाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

आजको खेल जित्दै नेपाल फाइनलमा पुग्न चाहन्छ । नेपाल समूह ए को विजेता बनेर सेमिफाइनलमा स्थान बनाएको थियो ।

यस्तै, ओमानले समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेल्न लागेको हो ।