निजि विमान दुर्घटना हुदाँ ९ जनाको मृत्यु

   १ पुष २०७८, बिहीबार १३:०५  

१ पुस, रौतहट । डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिङ्गोमा बिहीबार आपत्कालीन अवतरण गर्ने क्रममा निजी विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

विमानको सञ्चालक हेलिडोसा एभिएसन ग्रुपले विज्ञप्ति जारी गर्दै घटनामा सात यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएकोे छ ।

विमान डोमिनिकन रिपब्लिकको ला इसाबेला अन्तरराष्ट्रिय विमानस्थलबाट फ्लोरिडा जाँदै थियो । आकस्मिक अवतरण गर्ने क्रममा उडान भरेको १५ मिनेटमै दुर्घटनाग्रस्त भएको थियो ।

हेलिडोसा एभिएसन ग्रुपले दुर्घटनाले आफूहरूलाइ ठूलो पीडा र शोक दिएको जनाएको छ । “हामी अनुरोध गर्दछौं तपाई बुद्धिमानीपूर्वक प्रभावित परिवारहरूलाई सहयोग गर्न एकतामा सामेल हुनुहोस्, जो हामीसँगै यस कठिन समयबाट गुज्रिरहेका छन्,” समूहले उल्लेख गरेको छ । अहिलेसम्म आकस्मिक अवतरणको कारण थाहा हुन सकेको छैन ।

सीएनएन