सांसदले मोटरसाइकल चलाउदैँ अस्पताल पुगेर बच्चा जन्माइन्

   १२ मंसिर २०७८, आईतवार १६:३४  

बीबीसी । न्यूजील्यान्डकी एक सांसद सुत्केरी बेथा लागेपछि साइकल चढेर अस्पताल पुगिन् । जसको एक घण्टामै उनले बच्चा जन्माइन् ।

“बेथा लागेको बेलामा साइकल चलाउने मेरो कुनै योजना थिएन, तर त्यही गर्नुर्पयो,” सांसद जुली एन जेन्टरले साइकल चलाउँदै गरेको तस्बिरसँगै फेसबुकमा लेखेकी छन्।

ग्रीन पार्टीको यातायात मामलाकी प्रवक्ता पनि रहेकी उनले यस्तो काम गरेको यो पहिलो पटक चाहिँ होइन। तीन वर्षअघि आफू मन्त्री हुँदा पनि उनले सुत्केरी हुन अस्पताल जान साइकल प्रयोग गरेकी थिइन् । एकचालीस वर्षीया जेन्टर साइकलिङको पक्षमा खुलेर बोल्दै आएकी छन् ।

अमेरिकामा जन्मिएकी यी नेत्रीले आफू र आफ्ना पतिले साइकल चलाएरै अस्पताल जाने निर्णय गर्दा आफूलाई कुनै सङ्कोच नलागेको बताइन् । अस्पतालको कार पार्कमा खिचिएको आफ्नो दम्पतीको तस्बिर पनि उनले फेसबुकमा राखेकी छन् ।

न्यूजील्यान्ड

न्यूजील्यान्डमा यसअघि पनि सांसदहरूले आफ्नो कार्यकालमा बच्चा जन्माएका थिए ।

सन् १०७० मा पहिलो पटक बहालवाला सांसदले बच्चा जन्माएकी थिइन् भने १९८३ मा अर्की नेत्री दुधेबच्चा लिएर काममा आएकी थिइन्।सन् २०१८ मा न्यूजील्यान्डमा जसिन्डा आर्डर्न प्रधानमन्त्रीको पदमा हुँदाहुँदै बच्चा जन्माउने विश्वकै दोस्री महिला बनिन् । त्यसपछि धेरै राजनीतिकर्मीले काममा जाँदा बच्चा सँगै लिएर जाने र स्तनपान गराउन सुरु गरेका थिए।

तर गत मङ्गलवार यूकेको लेबर पार्टीकी सांसद स्टेला क्रीजी तीन महिनाको छोरा लिएर हाउस अफ कमन्समा गएको विषय विवादित बन्यो। उनलाई पछि उक्त स्थानमा बच्चा लैजान अनुमति नभएको बताइएको थियो। बच्चा लैजान गरिएको प्रतिबन्धलाई एउटा समितिले समीक्षा गरिरहेको छ।