प्रधानमन्त्रीमा नियुक्त भएको केहि घण्टामै राजिनामा
स्वीडेन । स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले आफू नियुक्त भएको केही घन्टामै राजीनामा दिएकी छन् ।
म्याग्डलेना यान्डरसन प्रधानमन्त्री भएको घोषणा बुधवार गरिएको थियो। तर उनको गठबन्धन सरकारको साझेदार दलले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिइन र बजेट पारित हुनसकेन । “मैले सभामुखलाई आफूले राजीनामा गर्न चाहेको बताएकी छु,”यान्डरसनले प्रेस मिटमा भनिन् ।
उनको गठबन्धन साझेदार रहेको ग्रीन्स पार्टीले आफूले “उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको” बजेट स्वीकार गर्न नसकेको जनाएको छ । यान्डरसनले आफूले अब एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्री हुन कोशिश गर्ने बताइन् ।
“कुनै एक पार्टीले छोडेपछि गठबन्धन सरकारले राजीनामा दिनुपर्ने संवैधानिक अभ्यास रहेको छ,” सोसियल डेमोक्र्याट उनले बुधवार भनिन् । संसद्का सभामुखले आफूले पार्टीका नेताहरूसँग कुरा गर्ने बताएका छन् ।
बुधवार यान्डरसन प्रधानमन्त्रीका रुपमा नियुक्त भएकी थिइन् । स्वीडेनको कानुन अनुसार प्रधानमन्त्री हुनका लागि विपक्षमा बहुमत सदस्यले मत नदिए पुग्छ ।
स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको एक सय वर्षपछि प्रधानमन्त्रीमा ५४ वर्षीय सोसियल डेमोक्र्याट नेता यान्डरसन नियुक्त भइन् । उनी नियुक्त भएपछि संसद्मा सांसद्हरूले उठेर तालि बजाएका थिए ।
संसद्का ३४९ सांसद् मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए । उनलाई समर्थन गर्ने ११७ सांसद्सहित थप ५७ जना तटस्थ रहेका थिए जसले गर्दा उनले एक मतले जीत हासिल गरिन् ।
सानोमा पौडीबाजमा विजेता बनेकी उनले सन् १९९६ मा राजनीतिमा हात हालेकी थिइन्। उनी त्यतिबेलाका प्रधानमन्त्रीकी राजनीतिक सल्लाहकार रहेकी थिइन्। उनी विगत सात वर्षदेखि अर्थमन्त्री रहँदै आएकी थिइन्।
बीबीसी