इराकी प्रधानमन्त्रीमाथि ड्रोनले हमला

   २१ कार्तिक २०७८, आईतवार ११:४८  

२१ कात्तिक, रौतहट । इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीमाथि ड्रोन हमला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आइतबार बिहान भएको यस हमलामा प्रधानमन्त्रीको निवासलाई निशाना बनाइएको छ । तर, प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्विटरमार्फत् शान्ति बनाइराख्न अपिल गर्दै आफू सुरक्षित रहेको जानकारी दिएका हुन् ।

यस्तै, इराकी सेनाले यो हमला प्रधानमन्त्रीको हत्या गर्ने प्रयास भएको बताएको छ ।