भारतमा थपिए १२ हजार भन्दा बढी संक्रमित, ४४६ मृत्यु
१४ कात्तिक, रौतहट । भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ८३० संक्मित थपिएका छन् ।
योसँगै हालसम्म भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ४२ लाख ७३ हजार ३ सय पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी यो अवधिमा थप ४ सय ४६ संक्रमितले ज्यान गुमाएका छन । यससँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ४ लाख ५८ हजार १८६ पुगेको छ ।
यसैबीच, १४ हजार ६६७ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् । हालसम्म भारतमा ३ करोड ३६ लाख ५५ हजार ८४२ जना संक्रमणमुक्त भइसकेका छन् । एजेन्सी






