म्यानन्मारका विद्यायलहरु अर्को महिनादेखि खोलिने

   १२ कार्तिक २०७८, शुक्रबार १५:२९  

१२ कार्तिक, म्यान्मार । म्यान्मारमा विद्यालयहरु अर्को महिनादेखि खोल्ने निर्णय भएको छ । म्यान्मार सरकारले कोभिड–१९ को महामारीका कारण विद्यालय लगायत विश्वविद्यालयहरु बन्द गरेका थिए ।

कोभिडको महामारीको संक्रमण स्तर केही घट्दै गएपछि सुरक्षा मापदण्डहरु अपनाएर विद्यालय खोल्ने तयारी सरकारले गरेको हो ।

अधिकारीहरुले म्यान्मारका सबै निजी तथा सरकारी विद्यालयहरु र बौद्ध शिक्षा दिइरहेका बौद्ध गुम्बाहरु र अरु शिक्षण संस्थाहरु पनि खुला गरिने जानकारी दिएका छन् ।

स्वास्थ्य अधिकारीहरुले भने कोभिडको महामारी कम मात्र भएको र सबै नहटिसकेकाले सतर्कताका साथ विद्यालयहरु खोल्नुपर्ने सुझाव दिएका छन् ।