ताइवानलाई हामी जोगाउँछौ: बाइडेन
५ कात्तिक, रौतहट । ताइवानका विषयमा सोधिएको प्रश्नमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भने चिनले आक्रमण गर्छ भने ‘हामीले ताइवानलाई जोगाउँछौँ’ ।
चिनले गरेको आक्रमणबाट ताइवानको रक्षार्थ अमेरिका खडा हुने बताएका छन् । यसलाई चीनप्रतिको अमेरिकी विदेश नीति परिवर्तन भएको भनेर बुझ्न नमिल्ने ह्वाइट हाउसका प्रवक्ताले जनाएका छन् ।
यस्तै, ताइवानले पनि बाइडेनको यो अभिव्यक्तिले चीनप्रतिको आफ्नो पोजिसन परिवर्तन नहुने प्रतिक्रिया दिएको छ । एजेन्सी






