सैन्य बसमा बम विस्फोट, १३ जनाको मृत्यु

   ३ कार्तिक २०७८, बुधबार १५:३९  

दमासकस । सिरियाको राजाधानी दमासकसमा सैनिकहरु चढेका एक बसलाई लक्षित गर्दै गरिएको बम विस्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ ।

राजधानीको एउटा प्रमुख पुलमा दुई विस्फोटक पदार्थ प्रयोग गरी आतंककारीहरुले सैनिक बसलाई लक्ष्यगरी गराएको बम विष्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु हनुको साथै अन्य तीन जना घाइते भएका जनाएको छ ।

दमासकसमा हालैका वर्षहरुमा केही हदसम्म हिंसा कम भएको थियो । इस्लामिक स्टेट्स (आइएस) जिहादी समूहले २०१७ को मार्चमा जस्टिस प्यालेसलक्षित बम विस्फोट गराएपछि कम्तीमा ३० जना मारिएका घटनापछि राजधानीमा भएको यो सबैभन्दा घातक आक्रमण हो ।

यस बम आक्रमणको हाल कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । तर विगतमा यस्ता हमलाहरुको आईएस जिहादी समूहले दाबी गर्ने गरेका थिए ।