टेक्ससमा विमान दुर्घटना ,सबै यात्रु सुरक्षित

   ३ कार्तिक २०७८, बुधबार १२:४६  

ह्युस्टन । अमेरिकाको टेक्ससमा एउटा विमान दुर्घटना भए पनि सो विमानमा सवार सबै यात्रु सकुशल पुर्वक बाँच्न सफल भएका छन । ह्युस्टन बाहिर मंगलबार बिहान भएको विमान दुर्घटनामा सबै २१ यात्रुहरू बाँच्न सफल भएका हुन् ।

 

कसैलाई पनि ठूलो चोट नलागेको बताइएको छ । ह्युस्टन एक्जिक्युटिभ एयरपोर्टबाट उडान भर्ने क्रममा बारमा ठोक्किएर विमानमा आगोलागी भएको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ । म्याकडोनल डगलस एमडी–८७ जहाज दुर्घटनामा परेको हो ।

अग्नि नियन्त्रकहरूले आगो निभाउनुअघि नै सबै यात्रुहरू र चालक दलका सदस्यलाई विमानबाट सुरक्षित निकालेको र दुईजनालाई सामान्य चोट लागेको स्थानीय अधिकारीहरूले बताए ।

यो खबर सीएनएनबाट प्राप्त भएको हो ।