भारतमा बाढी कारण १८ जनाको मृत्यु

   ३१ आश्विन २०७८, आईतवार १६:४४  

केरला । भारतमा अविरल वर्षापछि आएको बाढीका कारण १८ जनाको ज्यान गएको छ । दक्षिणी केरला राज्यमा शनिवारको अविरल वर्षा र बाढीका कारण कम्तीमा पनि १८ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका हुन् ।

बाढीमा परेर दर्जनौ व्यक्ति बेपत्ता भएको समाचारमा जनाइएको छ । बाढीका कारण कतिपय स्थानमा भीषण पहिरो गएको छ । पहिरोमा परेर दजैनौ बेपत्ता भएका बताइएको छ ।

दक्षिणी राज्य केरलाका इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ ।

त्यहाँ आइतबार बिहानसम्म पनि वर्षा जारी रहेको र यो क्रम आइतबार ९आज० पनि जारी रहने मौसम विज्ञान विभागका अधिकारीहरुले जनाएका छन् ।