५६ वर्ष अघि एक किशोरीको हत्या गरेको खुलासा

   ३१ आश्विन २०७८, आईतवार १५:५८  

३१ असोज, रौतहट । लामो समय नाइकीको कार्यकारी भएर काम गरेका एक व्यक्तिले आफूले ५६ वर्षअघि एक किशोरको गोली हानी हत्या गरेको खुलासा गरेका छन् ।

चर्चित जोर्डन ब्रान्डका अध्यक्ष लारी मिलरले अमेरिकाको सन् १९६५ मा वेस्ट फिलडेल्फियाको सडकमा गोली हानी ती किशोरको हत्या गरेको खुलाएका हुन् ।

आगामी वर्ष आफ्नो संस्मरण सार्वजनिक गर्ने तयारी गरिरहेका मिलरले बुधवार “स्पोट्र्स इलस्ट्रेटेड”मा प्रकाशित अन्तवार्तामा हत्याबारे बताएका छन् “ूयसले मलाई भित्रभित्रै खाइरहेको थियो,” आफू १६ वर्षको हुँदा भएको घटनाबारे उनले भने। त्यसबेला आफू गुण्डागर्दीमा संलग्न एक समूहको सदस्य भएको उनले बताएका छन्।

मिलरले आफू १३ वर्षकै उमेरमा गुण्डागर्दी गर्ने “सिडर एभिन्य” समूहको सदस्य भएको र हरेक दिन मदिरा सेवन गर्ने गरेको उल्लेख गरेका छन्।

आफ्नो समूहका एक सदस्य मारिएपछि अरू तीन जना साथीहरूसँगै नशाले मातिएको र बन्दुक लिएर प्रतिस्पर्धी समूहसँग बदलाको लागि हिँडेको बताएका छन्।

तर सन् १९७५ सेप्टेम्बर ३० मा उनीहरूको सामुन्ने देखिएका १८ वर्षीय एडवार्ड ह्वाइटको छातीमा मिलरले गोली हानेर हत्या गरे।

“मैले विना कारण त्यो काम गरेको थिएँ। त्यसले मलाई अझै अप्ठ्यारो महसुस गराउँछ,” उनले भनेका छन्।

बीबीसी