बेलायतमा एक सांसदको हत्या
३१ असोज, रौतहट । बेलायतको कन्जर्भेटिभ पार्टीका सांसद सर डेविड अमेसको छुरा प्रहार गरि हत्या भएको बीबीसीले जनाएको छ ।
उनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जना २५ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ । उनको साथबाट प्रहरीले चक्कु बरामद गरेको छ ।
‘ले–अन–सी’को एक चर्चमा स्थानीयसँग छलफल गरिरहेका बेला उनीमाथि चक्कु प्रहार भएको हो । स्थानीय प्रहरीले हत्यामा इस्लामिक अतिवादीको पनि संलग्नता रहेको हुनसक्ने आशंका गरेको छ ।
घटनाई लिएर प्रधानमन्त्रीसहित देशका शीर्ष नेताहरूले कडा निन्दा गरेका छन् ।
बीबीसीको सहयोगमा






