फिलिपिन्समा बाढी पहिरो, ९ जनाको मृत्यु
मनिला । उष्ण प्रदेशीय कोम्पासु चक्रवातका कारण गएको बाढी पहिरोमा परी फिलिपिन्समा ९ जनाको ज्यान गएको छ भने ११ जना बेपत्ता भएका छन् ।
उत्तर बेङ्गुएट प्रान्तमा पहिरोमा परी पाँच जना र दक्षिण पश्चिम पालावान टापुमा अकस्मात आएको बाढीमा परी चार जनाको मृत्यु भएको त्यहाँको विपत् निकायले जनाएको छ ।
बाढी पहिरो जानुअघि सोमबार साँझ अधिकतम १०० किलोमिटर प्रतिघण्टाको दरले कोम्पासु आँधी आएको थियो । राष्ट्रिय विपत् निकायका अनुसार झण्डै १ हजार ६ सय मानिसको उद्धार गरिएको छ । अधिकारीहरूले हराएका मानिसको खोजी कार्य गरिरहेका छन् ।
७ हजार ६०० भन्दा बढी टापु रहेको फिलिपिन्समा बर्सेनि करिब २० ओटा आँधीबेहरी वा तुफान आउने गर्छ जसले गर्दा भारी वर्षा र पहिरो जाने गरेको छ ।
रोयटर्स






