हत्या आरोपमा भारतीय राज्यमन्त्रीका छोरा पक्राउ

   २४ आश्विन २०७८, आईतवार १६:५२  

२४ असोज, रौतहट । चार जना किसानहरुको हत्याको आरोप लागेका भारतीय गृह राज्यमन्त्रीका छोरा आशीष मिश्रा पक्राउ परेका छन् ।

भारतको उत्तर प्रदेशकाको लखीमपुर खिरीमा भएको हिंसामा उनले चार जना किसानको हत्या गरेको आरोप लाग्दै आएको छ ।

मिश्राको गाडीको ठक्करबाट चार जनाको मृत्यु भएको पुष्टी भएपछि भारतीय प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध व्यक्ति हत्या, र गैर हत्याको अभियोगमा मुद्दा चलाइने भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् ।