जापानमा शक्तिशाली भुकम्प

   २२ आश्विन २०७८, शुक्रबार १२:१५  

चिबा । जापानमा बिहिवार शक्तिशाली भूकम्प गएको छ ।जापानको भूगर्भ विभागले ६.१ म्याग्नीच्युडको भूकम्प आएको जानकारी दिएको छ ।

भूकम्पको केन्द्र विन्दु देशको चिबा क्षेत्रमा रहेको पनि विभागले जनाएको छ ।

स्थानीय समयअनुसार बिहीबार बेलुका १०ः४१ बजे भूकम्प आएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय बासिन्दाले पनि भूकम्पको स्पष्ट महसुस गरिएको बताएका छन् । उनीहरू केही बेर त्रसितसमेत भएका थिए ।

भूकम्पको महसुस धेरै क्षेत्रमा गरिएको थियो । भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त भइसकेको छैन ।
भूकम्पपछि कुनै आँधीको सम्भावना पनि नदेखिएको भूगर्भ विभागका अधिकारीहरूले जानकारी दिएका छन् ।