अष्ट्रेलियाले आगामी नोभेम्बरदेखि सीमा खोल्ने
अष्ट्रेलिया । अष्ट्रेलियाले आगामी नोभेम्बर महिनादेखि आफ्नो सिमा खोलिने जनाएको छ । सुरुमा खोप लगाएका अष्ट्रेलियन नागरिक र तिनका आफन्तहरुलाई देश भित्र बाहिर यात्रा गर्न दिइनेछ ।
२०२० मार्चदेखि अष्ट्रेलियामा कडा कोभिड नियमका कारण केही नागरिक र थोरै मानिसहरु मात्र यात्रा गर्न पाएका थिए । प्रवेश गर्न मात्र नभएर अष्ट्रेलियाबाट बाहिर निस्कन पनि एकदम विशेष कारण देखाउन आवश्यक रहेको थियो ।
सिमा खुलाए पनि विदेशीहरुका लागि तत्काल अष्ट्रेलिया यात्रा गर्न सजिलो हुनेछैन । तर, सरकारले यस सम्बन्धी काम गरिरहेको र बिस्तारै पर्यटकहरुलाई पनि स्वागत गरिने बताएको छ । यसैगरी प्रधानमन्त्री मरिसनले क्वारिन्टिन सम्बन्धी नियममा फेरबदल भएको पनि जानकारी दिएका छन् ।
यसअघि अष्ट्रेलिया प्रवेश गर्न पाएकाहरुले अनिवार्य रुपमा १४ दिन होटल क्वारिन्टिन बस्नु पर्ने हुन्थ्यो जसको खर्चप्रति व्यक्ति तीन हजार अष्ट्रेलियन डलर पर्दथ्यो ।
तर, अब यसको सट्टा खोप लगाएका यात्रुलाई सात दिन घरैमा क्वारेन्टिन बस्न पाउने नियम लागु गरिनेछ । खोप नलगाउनेहरुलाइ अझै पनि १४ दिन नै आइसोलेसनमा बस्नुपर्ने हुन्छ ।
बीबीसी