कारागारमा झडप, २४ कैदीको मृत्यु

   १३ आश्विन २०७८, बुधबार १३:११  

इक्वेडर । इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको छ । यो झडप कैदीहरूबीचको भएको हो जसमा २४ केदीको ज्यान गएको हो ।

यहाँको कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । झडपको क्रममा थप ४२ जना घाइते भएको बताइएको छ ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले भनाइ रहेको समाचारमा जनाइएको छ ।

मंगलबार समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो । यहाँको राष्ट्रिय प्रहरीले ती कैदीहरुबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको समाचारमा उल्लेख छ ।

यो खबर एजेन्सीको सहयोगमा तयार पारिएको हो ।