भारत आज बन्द रहने किसानद्धारा घोषणा
दिल्ली । आज किसान संगठनहरुले भारत बन्द गर्ने घोषणा गरेका छन् । नयाँ कृषि कानूनको विरुद्ध आज भारत बन्दको आह्वान गरेका हुन् ।
संयुक्त किसान मोर्चा (एसकेएम) को नेतृत्वमा ४० भन्दा बढी किसान संगठनले बन्द गरेका हुन् । उनीहरुले तीन कृषि कानूनको विरूद्ध शुरु गरेको बन्द आज ४ बजे सम्म चल्ने बताइएको छ ।
एक दर्जन भन्दा बढी राजनीतिक दलहरुले किसान युनियन भारत बन्दको समर्थन गरेका छन् । बन्दलाई ध्यानमा राखी दिल्ली, यूपी र हरियाणामा प्रसस्त प्रहरी परिचालन गरिएको छ ।