इजरायली सेनाको कारबाहीमा ५ प्यालेस्टाइनको मृत्यु

   ११ आश्विन २०७८, सोमबार १३:३०  

वेस्ट ब्याङ्कक । इजरायली सेनाको कारबाहीमा परेर ५ जना प्यालेस्टाइन नागरिकको मृत्यु भएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले ५ प्यालेस्टाइनको मारिएको पुष्टि गरेका छन् ।

इजरायलले कब्जामा लिएको वेस्ट ब्याङ्कस्थित जेनिन र जेरुसेलममा इजरायली सेनाले रातभर कारबाही गरेको थियो । सो कारबाहीले आइतबार दुई पक्षबीच सशस्त्र झडपको स्थितिमा र्पुयाएको थियो । झडपमा दुई जना इजरायली सैनिक गम्भीर घाइते भएका इजरायलका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

इजरायली सेनाले हमास कार्यकर्तालाई पक्राउ गर्ने उद्देश्यले कारबाही गरेको इजरायली सञ्चार माध्यमले जनाएका छन् । हमास प्यालेस्टाइनलाई इजरेलको कब्जाबाट मुक्त गर्न चाहन्छ ।

पाँच प्यालेस्टाइनीको मृत्युप्रति त्यहाँका प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन् ।

यहुदी, इसाई र मुस्लिमहरूको तिर्थ स्थल जेरुसेलम रहेको वेस्ट ब्याङ्क क्षेत्रलाई लिएर इजरायल र प्यालेस्टानइबीच विवाद छ ।
यो समाचार अलजजिराको सहयोगमा तयार पारिएको छ ।