अफगानीलाई दाह्री नकाटन तालिबानको आदेश
अफगानिस्तान । अफगानी नागरिकलाई दाह्री नकाट्न तालिबानले आदेश दिएको छ ।
नाऊ अर्थात समान्य भाषामा हजामहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लाम धर्म उल्लङ्घन गरेको बताउँदै अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो गर्न प्रतिबन्ध लगाइएको हो ।
तालिबानले दाह्री नकाट्न वा नमिलाउन गरिएको आदेशको उल्लंघन भए सजाय दिइने चेतावनी दिएको छ ।
तालिबानले विस्तारै विभिन्न विषय कडाइ गर्न थालेपछि उनीहरुको विगतकै जस्तो कडा शासन फर्किएको संकेत गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
शनिवार तालिबानका लडाकुहरूले चारजना शंकास्पद अपहरणकारीहरूलाई गोली हानेर उनीहरूले शब हेरात राज्यको सडकमा झुन्ड्याएका थिए ।