दिल्लीको अदालतमा ग्याङ्गफाइट हुदाँ तीन जनाको मृत्यु

   ८ आश्विन २०७८, शुक्रबार १६:५८  

दिल्ली । दिल्लीको रोहिणी अदालतको कोर्ट नम्बर एक परिसरमा शुक्रबार ग्याङ्गफाइट हुदाँ तीन जनाको ज्यान गएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एक जना हमलाकर्ताले गोली हानेर ग्याङ्गस्टर जितेन्द्र गोगीको हत्या गरेका छन भने उक्त ग्याङ्गफाइटमा गोगीसमेत गरि तीनजना मारिएका छन् ।

यस घटनामा एक महिला वकिलसमेत तीन व्यक्ति घाइते भएका छन् । स्थानिय रिपोर्टका अनुसार गोगी पेशीका लागि अदालत आएका थिए । गोली लागेलगत्तै उनको मृत्यु भएको छ ।

भारतीय समाचार संस्थाले प्रकाशित गरेको समाचार अनुसार राइवल टिल्लू ग्याङ्गका दुई सदस्य वकिलको भेषमा आएका थिए ।

उनीहरुले कोर्ट रुम नम्बर २०७ मा न्यायाधीश गगनदीप सिंहको अगाडि नै गोगीमाथि गोली चलाए । प्रहरीको स्पेशल सेलको जवाफी कारवाहीमा दुबैको मृत्यु भयो ।