इन्डोनेसियाको एक जेलमा आगलागी हुँदा ४१ कैदीको मृत्यु
२३ भदौँ, रौतहट । भीषण आगलागीका कारण इन्डोनेसियाको राजधानी जार्काता नजिकैको एक जेलमा रहेको ४१ कैदीको जलेर मृत्यु भएको छ । आगलागीमा परी ४१ कैदीको ज्यूदैँ जलेर मृत्यु भएको छ, भने ७३ जनाभन्दा बढी गम्भीर घाइतको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
ब्यान्टिन प्रान्तमा अवस्थित तेङ्गेराङ जेलमा स्थानिय समय अनुसार बुधबार विहान १ः४५ बजेतिर विद्युतिय सोर्टसर्किट भएर जेलमा आगलागी भएको हो ।
आगलागीमा परी २ विदेशी कैदीको ज्यान गएको छ । जेलमा क्षमता भन्दा बढी कैदी राखिएका थिए । जेलभित्रका ढोकाहरु बन्द गरिएकोले ठुलो मानविय क्षती भएको छ ।
आगलागीमा परी जलेर गम्भीर घाइते भएका अन्य ७३ जनाको उपचारका लागि उद्धार गरी अस्पतालमा पठाइएको छ । एजेन्सी