मेक्सिकोमा ७ म्याग्नेच्युडको शक्तिशाली भुकम्प
मेक्सिको । मेक्सिकोमा मंगलबार शक्तिशाली भूकम्प गएको छ ।
स्थानीय समयअनुसार मंगलबार राति दक्षिण पश्चिम मेक्सिकोमा गएको भूकम्प ७ म्याग्नेच्युड मापन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाइएको छ ।
अमेरिकाको युएस जिओलजिकल सर्भेका अनुसार तटीय सहर अकापुल्को देखि ११ माइल टाढा केन्द्रबिन्दु बनाएर भूकम्प आएको हो ।
भूकम्पको धक्का २३० माइल टाढाको राजधानी मेक्सिको सिटीसम्म महशुस गरिएको थियो। मेक्सिको सिटीमा घरहरू हल्लिन थालेपछि मानिसहरू आत्तिदै सडकमा निस्किएका थिए ।
भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । मेक्सिको सिटीसँग जोडिएको रोमा सरमा बिजुली अवरूद्ध भएको छ।
फोटो : गुगल