भारतमा थपिए ३७ हजार कोरोना संक्रमित
द नेपाल मिडिया
२३ भाद्र २०७८, बुधबार ११:४३
२३ भदौँ, रौतहट । भारतमा पछिल्लो २४ घण्टामा थप ३७ हजार ८ सय ७५ जनामा कोरोना पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा थप ३९ हजार १ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यस्तै, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण बितेको २४ घण्टामा भारतभर थप ३ सय ६९ जनाले ज्यान गुमाएका छन् । हाल भारतमा ३ लाख ९१ हजार २ सय ५६ संक्रमित उपचाररत छन् ।
आज थपिएका संक्रमितमध्ये २५ हजार ७७२ जना केरलामा पहिचान भएका हुन् ।