५० फिट लामो र २ हजार ५ सय पाउण्डको एक सर्प

   २८ श्रावण २०७८, बिहीबार १५:२५  

२८ साउन, रौतहट ।  लगभग ६० मिलियन वर्ष अघि पेलियोजिन अवधिको बेला एक सर्पको अवषेश रहेको फेला परेको थियो जसको नाम टाइटानोबोआ थियो । यो सर्पको शरीरको हाड सन २००९ मा कोलम्बियाको ला गुआजिराको कोइला खानीमा भेटिएको थियो । त्यस बर्षनै यसलाई नाम दिईयो टाइटानोबोआ जसको अर्थ “टाइटैनिक बोआ“ हो ।

टाइटानोबोआका तस्वीरहरु लाई नजिक बाट हेर्दा यो सर्प कति विशाल थियो भन्ने बुझ्न सकिन्छ । यो लगभग ५० फिट लामो र लगभग २ हजार ५ सय पाउण्ड तौलको थियो । अहिलेको अवश्थाको तुलना गर्ने हो भने हाल पाइने विशाल एनाकोंडा भन्दा यो सर्प ६ गुना भारी थियो ।

टाइटानोबोआ को बारे मा सबैभन्दा रोचक तथ्य भनेको यो अहिले पाउने एनाकोन्डा जस्तै देखिन्थ्यो र यसले पनि आधुनिक एनाकोन्डाको जस्तै शिकारलाई वरिपरि आफैंलाई बेरेर मार्ने गर्दथ्यो ।

त्यसबेला सर्पहरुको आकार बढनुमा वातावरणले प्रमुख भूमिका खेलेको थियो । चिसो रक्त समुहका यी सर्पहरु गर्मी र उच्च आद्र्रता भएको वातावरणमा फस्टाएका थिए ।

यो सरीसृप को बारे मा अर्को तथ्य यो हो कि यो एक मांसाहारी थियो जो विभिन्न जनावरहरु शिकार गर्ने गर्दथ्यो । यसले ठूला गोही र विशाल शरीर भएका जनावरहरुको शिकार गर्ने गर्दथ्यो ।

एजेन्सीको सहयोगमा