भारतको हाल बेहाल एकैदिनमा थपिए, करिब ५० हजार कोरोना सङ्क्रमित
द नेपाल मिडिया
१२ श्रावण २०७७, सोमबार १५:००
साउन १२, रौतहट । भारतमा बितेको २४ घण्टामा थप ४९ हजार ९ सय ३१ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भईरहेको छ ।
भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाको कुल संख्या १४ लाख ३५ हजार ४५३ पुगेको छ । तीमध्ये चार लाख ८५ हजार ११४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन, भने नौ लाख १७ हजार ५६८ जना सङ्क्रणमुक्त भइसकेका छन ।
त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७०८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३२ हजार ७७१ पुगेको अधिकारीले जनाएका छन ।
प्रदेशअनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ७५ हजार ७९९ सङ्क्रमित भएका छन । त्यसैगरी तमिलनाडुमा दुई लाख १३ हजार ७२३ जना र दिल्ली राज्यमा एक लाख ३० हजार ६०६ जना सङ्क्रमित भएका छन ।