हिन्दु समुदायको मन्दिरमा तोडफोड , १० जना पक्राउ

   २५ श्रावण २०७८, सोमबार १५:०१  

२५ साउन, रौतहट । बंगलादेशको खुलना जिल्लाको रुपसमा हिन्दू समुदायका मानिसहरुको पसलहरु र कयौँ मन्दिरमा तोडफोड भएको छ । तोडफोड गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

हिन्दु समुदायका स्थानीयहरुका अनुसार चार वटा मन्दिरमा तोडफोड गरि मुर्तिहरु समेत भत्काइएको छ । उक्त घटना शनिबार रुपसाको शियाली गाउँमा भएको थियो ।

स्थानीय प्रशासनले मन्दिरमा तोडफोड भएको विषयमा उजुरी दर्ता गराईएको थियो । सोही उजुरीको आधारमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । उनीहरु पक्राउ परेको धारा समेत खुल्न प्रहरीले खुलाएको छैन । हाल सो क्षेत्र शान्तिपूर्ण रहेको रुपसा प्रहरी थानाका अफिसर इन्चार्ज सरदार मोसर्रफले जनाएका छन् ।

शुक्रबार साँझ मस्जिदमा नमाज पढ्ने बेला हिन्दू समुदायका मानिसहरु गएर गीत गाएको विषयमा दुई समुहबीच विवाद भएको बताइएको छ । तर, रुपसाका उपजिल्ला निर्वाही अभिसर र थानाका अफिसर इन्जचार्ज दुवैले यसलाई गलत भनेका छन् । रुपसाका एक्जिक्यूटिभ अफिसरका अनुसार उनले यसबारे विवाद समाधान भइरसकेको र शनिबारको घटना योसँग नजोडिएको उनको दाबी छ ।