भारतमा थपिए ३६ हजार संक्रमित, ४४७ जनाकाे मृत्यु

   २५ श्रावण २०७८, सोमबार ११:५६  

२५ साउन, राैतहट । भारतमा थप ३६ हजार व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३६ हजार ३५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १९ लाख ६९ हजार ५५८ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ९ हजार ३२७ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ भारतमा एकैदिन ४४७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोना भाइरसकाे संक्रमण कारण मृत्यु हुनेको संख्या ४ लाख २८ हजार ३३९ पुगेको छ ।