अफगनिस्तानका रक्षामन्त्रीको घर नजिक बम आक्रमण

   २० श्रावण २०७८, बुधबार १७:२४  

२० साउन, रौतहट । अफगनिस्तानका रक्षामन्त्री जनरल बिस्मिल्लाह मोहम्मदीको घरको नजिक कार बम राखि आक्रमण गरिएको छ ।

स्थानीय समयअनुसार मंगलवार राति ८ बजे उक्त आक्रमण गरिएको बीबीसीले जनाएको छ ।

यो हमला काबुलको डिस्ट्रिक्ट १० को शिरपुर क्षेत्रमा भएको थियो । सो क्षेत्र उच्च सुरक्षा भएको ग्रीन जोनभित्र पर्दछ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बिस्फोटपछि साइरनको आवाज सुनिएको थियो । त्यसपछि दोस्रो र तेस्रो बिस्फोट भएको थियो ।