१७ महिनादेखि बन्द साउदी पर्यटकको लागि खुल्ला

   १५ श्रावण २०७८, शुक्रबार ११:५८  

१५ साउन, रौतहट । कोरोना कारण बन्द भएको साउदी अरबको सिमा खोप लगाएका पर्यटकहरुका लागि पुनः खुल्ला गरिएको छ ।

कोरोनाभाइरस कारण साउदी अरबको सीमा पर्यटकेको लागि बिगत १७ महिनादेखिे बन्द थियो ।

साउदी प्रेस काउन्सिलले भने, “पर्यटन मन्त्रालयले घोषणा गरेको छ कि राज्यले विदेशी पर्यटकहरुका लागि आफ्नो ढोका खोल्नेछ र पर्यटक भिसा धारकहरुको प्रतिबन्ध १ अगस्ट देखि खारिज गरिनेछ ।”

पर्यटकहरुले अनिवार्य रुपमा फाइजर, एस्ट्राजेनेका, मोडर्ना वा जोन्सन खोप लगाएको हुनु पर्नेछ । यी खोप लगाएका यात्रुले क्वारेन्टिनमा समेत बस्नु नपर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।