दक्षिण कोरियामा चौथो लहर शुरु

   १३ श्रावण २०७८, बुधबार १७:१६  

१३ साउन, रौतहट । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) को चौथो लहर शुरु भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

चौथो लहर आएसँगै दक्षिण कोरियामा कोभिड-१९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको पाइएको छ ।

संक्रमितहरुको संख्या बढेर हरेक दिन नयाँ रेकर्डमा पुगेको देखिएको छ । गएको २४ घन्टामा त्यहाँ अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् ।

अधिकारीहरुका अनुसार मंगलबार त्यहाँ १ हजार ८९६ जना कोरोना भाइरसका सङ्क्रमितहरु पाइएको बताएका समाचारमा जनाइएको छ ।

यो संख्या कोरियामा एकै दिनमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार पछिल्लो विवरणसँगै सङ्क्रमितको संख्या १ लाख ९३ हजारभन्दा बढी पुगेको छ ।