कर्नाटकका मुख्यमन्त्रीले दिए राजीनामा

   ११ श्रावण २०७८, सोमबार १६:४५  

११ साउन, राैतहट । भारतको कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पाले राजीनामा दिएका छन् । उनले राजीनामा घोषणा गर्दै आफु सधै अग्नि परीक्षाबाट गुज्रिएको बताएका थिए ।

भारतीय जनता पार्टी (भाजपा) सरकारको दुई वर्ष पुरा भएको अवशरमा आयोजित कार्यक्रममा उनले राजीनामा घोषणा गरेका हुन् ।

उनले राजीनामा दिन हाइकमान्डबाट कुनै दबाब नआएको र आफू स्वयंले यो निर्णय लिएको जानकारी दिए ।